सानिमा जीआइसी इन्स्योरेन्सको नाफा ५०.५० प्रतिशतले बढ्यो
काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५०.६० प्रतिशतले धेरै हो ।
गत वर्ष यसले ३ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने ११.७३ प्रतिशतले घटेको छ ।
यसको लगानी तथा कर्जाबाट हुने आम्दानी ५ करोड ९९ लाख रुपैयाँबाट घटेर ५ करोड २९ लाखमा झरेको छ । यता, कम्पनीको कमिसनबाट हुने आम्दानी भने ५ करोड ३१ लाख रुपैयाँबाट बढेर ६ करोड ६ करोड ३६ लाख कायम भएको छ ।
हाल यस इन्स्यारेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २१ करोड ६४ लाख रुपैयाँ रहेको छ । सानिमा जीआइसीको बिमा कोषमा ४ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।
असोजसम्म यसले १० करोड ८३ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ०.९२ प्रतिशतले धेरै हो । गत वर्ष यसले १० करोड ७३ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।
यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४१ पैसाले बढेर १० रुपैयाँ १७ पैसा (वार्षिक) कायम भएको छ यसको प्रतिसेयर नेटवर्थ भने १५१.५७ रुपैयाँ रहेको छ ।