citizens life insurance long ad
stcnepal long ad

नेशनल लाइफ इन्स्योरेन्सको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले १३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा इन्स्योरेन्स कम्पनीले १३ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा ६.२४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीले ४ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्स कम्पनीले यही अवधिमा ४ अर्ब १९ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो। कुल बीमा शुल्क १.१९ प्रतिशतले बढेको छ।

प्रथम त्रैमासमा इन्स्योरेन्स कम्पनीले ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा इन्स्योरेन्स कम्पनीले ४ अर्ब १० करोड ६५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। खुद बीमा शुल्क १८.१३ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ रहेको इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा ८१ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष असार मसान्तसम्म जीवन बीमा कोषमा ७७ अर्ब ९५ करोड ६८ लाख रुपैयाँ रहेको थियो। जीवन बीमा कोषको आकार ४.९९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीको महाविपत्ति कोषमा ५८ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६१ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ४६ करोड ६० लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ५६ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा ३९ करोड ३० लाख रुपैयाँ रहेको थियो।

इन्स्योरेन्स कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १०.६६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १०.४० रुपैयाँ थियो। पीई रेसियो ५९.३६ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३२.४५ रुपैयाँ रहेको छ।

IME Life
kumari