आइएमई लाइफइन्स्योरेन्सको लेखापरीक्षण समिति पुनर्गठन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लेखापरीक्षण समितिको पुनःगठन गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले लेखापरीक्षण समिति पुनःगठन गर्ने निर्णय गरेको हो ।
सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक रविन कुमार नेपालको संयोजकत्वमा लेखापरीक्षण समिति पुनःगठन गरिएको हो ।
सञ्चालक समितिका सदस्य सिताराम थापा सदस्य र उप–कार्यकारी प्रमुख दिनेश बहादुर अमात्य सदस्य सचिव रहने गरी तीन सदस्यीय लेखापरीक्षण समितिको पुनःगठन गरिएको हो ।