stcnepal long ad
ime life insurance
national life
global ime bank long

गरिमा विकास बैंक लिमिटेड The Best Bank in Assets Quality अवार्डबाट सम्मानित 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित 2nd Emerging Asia Banking Conclave and Award sfo{qmddf कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड The Best Bank in Assets Quality अवार्डबाट सम्मानित भएको छ ।

उक्त प्रतिस्पर्धामा बिम्स्टेक (BIMSTEC) देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।

कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसंगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महशुस गरेको छ ।

कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ्ग ईकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।

सो अवसरमा आयोजित Driving Efficiencies Across the Value Chain विषयक Panel Discussion कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत  माधव प्रसाद उपाध्याय Development Bankers को समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी हुनुहुन्थ्यो ।

सो कार्यक्रममा वहाँले नेपालको बैंकिङ्ग परिदृष्य, बैंकिङ्गमा प्रविधिको प्रयोग र आगामी चूनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गर्नुभएको थियो ।

उक्त Panel Discussion कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  माधव प्रसाद उपाध्यायसंगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत  दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर  राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रा.लि.का उपाध्यक्ष तथा दक्षिण एशिया व्यवसाय प्रमुख सुनिल पण्डिता मुख्य वक्ताको रुपमा रहनु भई वक्ताहरुले आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

सो कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक समेत वक्ताको रुपमा सहभागी रहनु भएको थियो ।

काठमाडौं को लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा ATM मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

 

IME Lifesidebar
kumari