citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ब्राण्डिङ क्याम्पियनः ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मी लाइफबाटै बीमा गरौं

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं” भन्ने ब्राण्डिङ क्याम्पियन ल्याएको छ ।

साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिएको केही समय पछि कम्पनीले उक्त क्याम्पियन ल्याएको हो ।

जीवनमा हरपल हुन सक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बीमा मार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ढुक्क हुने परिस्थिति सिर्जना गर्नका लागि उक्त क्याम्पियन संचालन गरेको हो । यही यथार्थलाई विज्ञापनको माध्यमबाट आम नागरिकमा सचेतना जगाउने र कम्पनीको प्रचार प्रसार गर्ने लक्ष्य लिएको इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीका ब्राण्ड एम्बेसेडर रहेका प्रसिद्ध कलाकार मनोज गजुरेललाई यो “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं ” भन्ने ब्राण्डिङ क्याम्पियनको प्रमुख भूमिकामा अनुबन्ध गरेको कम्पनीले जनाएको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूलाई जीवन बीमाको माध्यमबाट आर्थिक सुरक्षा र निश्चिन्तता प्रदान गर्न समर्पित छ भन्ने सन्देशलाई अझ सुदृढ गर्न यो क्याम्पियन अघि सारेको समेत कम्पनकिो भनाई छ ।

जीवन बीमा गरेर ढुक्कको जिन्दगी जिउन सकिने कुरालाई उठान गरेको प्रचार सामग्रीहरुले जनमानसमा सकारात्मक प्रभाव पर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

यस क्याम्पियनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका साथ साथै जीवन बीमा व्यवसाय प्रति नै सकारात्मक प्रभाव पर्ने कम्पनीको भनाई छ ।

himalayan life insurance
igi long