आज कुन विदेशी मुद्राको मूल्य कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ।
युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ। बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ।
कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८० पैसा निर्धारण भएको छ।
बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २५ पैसा निर्धारण भएको छ।