citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाल रिको सीईओमा सुरेन्द्र थापा नियुक्त

प्राधिकरणबाट स्वीकृत हुन बाँकी

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र थापा नियुक्त भएका छन्।

सीईओ छनौट तथा सिफारिस समितिले सीईओका लागि सर्टलिस्टमा परेका ५ जना उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि जेठ ११ गतेको मिति तय गरेको थियो।

कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताबाट बाँकी ४ जना उम्मेदवारलाई पछि पार्दै थापा सीईओमा नियुक्त भएका हुन्। उनलाई समितिले ४ वर्ष कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ।

थापाको नियुक्ति नेपाल बीमा प्राधिकरणबाट स्वीकृत हुन बाँकी छ। सीईओ नियुक्तिसम्बन्धी बीमा प्राधिकरणको संस्थागत सुशासनसम्बन्धी व्यवस्थाअनुसार पूर्वस्वीकृतिका लागि बीमा प्राधिकरण पेस गर्नुपर्ने प्रावधान छ।

त्यसैले थापाले अबको ३ सातापछि कम्पनीमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन्। उनले आफूले प्रस्तुत गरेका कार्ययोजनालाई गाइडलाइनका रुपमा लिएर कम्पनीलाई अगाडि बढाउने योजना सुनाए।

थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासकका थिए। उनले अजोड इन्स्योरेन्सको डीसीओ भूमिका पनि निर्वाह गरेका थिए।

समितिको गत फागुन ७ गते प्रकाशित गरेको सूचना बामोजिम सीईओका लागि दरखस्त दिएका मध्ये सर्टलिस्टमा परेका उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो।

सर्टलिस्टमा थापा सहित दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ र श्रीमान कार्की परेका थिए।

gold
himalayan life insurance long ad