यूनाइटेड अजोड इन्स्योरेन्सले चुक्तापुँजी पुर्याउन हकप्रदको बाटो रोज्यो
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउने हकप्रद शेयर जारी गर्ने बाटो रोजेको छ।
जेठ ९ गते बसेको इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तभित्र प्राधिकरणबाट प्राप्त निर्देशनबमोजिम चुक्तापुँजी पुर्याउन हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।
इन्स्योरेन्स कम्पनीले हालको चुक्तापुँजीको १००ः१५ अनुपातमा अर्थात १५ प्रतिशत हकप्रद शेयर ल्याउने निर्णय गरेको छ। यो हकप्रद शेयर ल्याउन स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ।
बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गर्ने निर्णय कम्पनीले गरेको छ।