साउन ६ गते एभरेष्ट इन्स्योरेन्सले २५औं वार्षिक साधारण सभा बोलायो
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले साउन ६ गते २५औं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा अग्रवाल भवन कमल पोखरीमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
साधारण सभामा कोरोनालाई मध्यनजर गर्दै कम्तीमा १ मिटरको सामाजिक दूरी हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था गरिएको कम्पनीको भनाई छ ।
न्यूनतम सुरक्षाका उपाय अपनाएर सहभागी हुन पनि सेयरधनीलाई कम्पनीले आग्रह गरेको छ । भिडियो कन्फरेन्समार्फत पनि सभामा सहभागी हुन सकिनेछ ।
सेयरधनीले भिडियो कन्फरेन्स मार्फत पनि धारणा राख्न सक्नेछन् । यसका लागि सभा हुनु भन्दा २ दिनअघि नै कम्पनीमा आफ्नो नाम टिपाउनुपर्नेछ ।
एभरेष्ट इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश भने वितरण नगर्ने भएको छ । यसर्थ, यसपटक सेयरधनीको हात खाली रहने छ । साधारण सभा प्रयोजनका लागि एभरेष्टले असार २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।





























