stcnepal long ad
Himalayan bank
national life

अर्थ र स्वास्थ्य मन्त्रीलाई काग्रेसकाे चेतावनी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाली कांग्रेस ‘कोभिड–१९ अनुगमन समिति’ का संयोजक एवं पार्टी सह महामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधि मण्डलले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री डा. यूवराज खतिवडासंग छलफल गरी कोभिड –१९ का विषयमा हाल सरकारबाट भए गरेका क्रियाकलापहरु तथा आगामी दिनका कार्यक्रमहरुका बारेमा जानकारी लिई पार्टीले विगतदेखि उठाउँदै आएका विषयहरुलाई पुनः ध्यानाकर्षण गराएको छ ।    उक्त प्रतिनिधि मण्डलले स्वास्थ्य मन्त्रीसंग भएका छलफलमा नेपाली कांग्रेसले कोभिड–१९ बाट सृजित राष्ट्रिय समस्यामा सरकारलाई सकारात्मक सहयोग र सुझाव प्रदान गरेको र रु. ५० लाख शुरुमै सहयोग गरेको अवगत गराउँदै क्वारेन्टाइनको उचित व्यवस्थापन, पीसीआर परिक्षणको दायरा बढाउन, विदेश र छिमेकी मुलुकबाट आउने नेपालीहरुलाई सुरक्षित र व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गर्न, स्थानीय तहहरुलाई समयमै प्रयाप्त रकम उपलव्ध गराउन, स्वास्थ्य उपकरणको खरिद र गुणस्तरको बारेमा पारदर्शिता अपनाउन, नन् कोभिड रोगको (दिर्घ रोगी, प्रशुती सेवा, खोप, मानसिक समस्या जस्तै डिप्रेसन आदि) उपचारको बारेमा विशेष ध्यान दिन, आत्महत्या, बलात्कार, महिला हिंसा जस्ता सामाजिक समस्याहरुको रोकथाम गर्न, वर्षाको मौसम शुरु भइसकेकोले विभिन्न किसिमका अन्य सरुवा रोगहरु र वाढी, पहिरोको प्रकोप हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी महामारीको समस्या अझ बढी जटिल हुन सक्ने भएकोले त्यसतर्फ समयमै ध्यान दिन, अग्रणी भूमिकामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र क्वारेन्टाइनमा खटिएका स्वयंसेवकहरुको सुरक्षा र सुविधाको लागि विशेष ध्यान दिन, समयमै प्रयाप्त स्वास्थ्य सामाग्रीहरु खरिद गर्न,निजी अस्पताल तथा स्वास्थ्य केन्द्रहरुको समुचित उपयोग गर्ने तर्फ समेत ध्यान दिने आदि विषयहरुको बारेमा ध्यानाकर्षण गराएकाे साे पार्टीले जनाएकाे छ ।

त्यस्तै, प्रतिनिधि मण्डलले अर्थ मन्त्रीसंगको भेटघाटमा कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको असर र त्यसका समाधानका बारेमा छलफल ग¥यो ।

प्रतिनिधि मण्डलले विभिन्न देश तथा भारतबाट फर्किएका युवाहरुको रोजगारीको व्यवस्था गर्न, लकडाउनबाट प्रभावित उद्योग धन्दाहरुको सुचारुको लागि उपयुक्त आर्थिक सहयोगको व्यवस्था गर्न, साना मझौला र अनौपचारिक व्यवसायहरुलाई विशेष सहयोगको प्याकेज ल्याउन, क्वारेन्टाइन तथा अन्य आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापनको लागि स्थानीय निकायहरुलाई प्रयाप्त र समयमै वजेट उपलव्ध गराउन, गरिव र वेरोजगारहरुलाई रोग र भोकबाट बचाउन विशेष राहतका कार्यक्रम ल्याउन, वैदेशिक रोजगारमा गएका युवाहरुलाई स्वदेश फर्कन लाग्ने हवाई भाडामा विशेष सहुलियत प्रदान गर्न पनि सुझाव दियो ।

त्यस्तै, एडीवी, विश्व वैंक जस्ता विभिन्न विकास सहयोगी संस्थाहरुबाट प्राप्त सहयोगहरुको बारेमा जानकारी माग्नुका साथै ती सहयोगहरुको उचित सदुपयोगको सुनिश्चितता हुनु पर्नेमा पनि अर्थमन्त्रीलाई सजग गराएकाे बुझिएकाे छ ।       स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाल र अर्थ मन्त्री खतिवडासंगको भेटघाटमा ‘कोभिड–१९ अनुगमन समिति’ का संयोजक तथा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत सहित केन्द्रीय सदस्यहरु एन.पी साउद, डा. चन्द्र भण्डारी, गगनकुमार थापा र मोहनबहादुर बस्नेत, विज्ञहरुको तर्फबाट डा. प्रभु बुढाथोकी, डा. पोषराज पाण्डे र नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदिप पराजुलीको सहभागिता थियो।

kumari bank
kumari
nawakantipur long