stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपालका संक्रमित मध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिले सम्म संक्रमण देखिएका मध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग स्वरुप उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु बुझ्दै अहिले समम देशमा संक्रमण भएका १३ हजार संक्रमित मध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदाय स्तरमा संक्रमण फेला परेको बताएका हुन । उनले सोमबार सम्म करिब १३ हजार संक्रमितको संख्या पुगेको र त्यस मध्ये ३ हजार २ सय निको भइसकेकाले अहिले पनि नियन्त्रणमै रहेको बताए ।

मन्त्री ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी ल्याबहरुको विस्तार गर्न लागेको समेत जानकारी दिए । अहिले देशभर २२ वटा पीसीआर ल्याबबाट दैनिक ७ हजार ७ सय ९१ परीक्षण सम्भव भएको र अवको केही दिन भित्र देशभर ३३ वटा ल्याब पु¥याई दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको बताए ।

उनले रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले अप्ठेरो अवस्थामा विरामीको उपचारमा प्रयोग गरिने भेन्टीलेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताए ।

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले ७ वटा भेन्टीलेटर सहित गगल्स ३ सय थान, सर्जिकल मास्क १ हजार १ सय ५० थान, डिस्पोजेबल कभर ५ सय ५० थान, ग्लोब्स २० हजार थान, बुट ४ सय ५० थान, स्यानिटाइजर २ सय ५० वटा, सोडियम हाइड्रोक्लोराइड ५ लिटरको ४ सय ५० ग्यालेन र साबुन १५ हजार पिस सहयोग स्वरुप उपलब्ध गराएको हो ।

१ करोड ५७ लाख रुपैयाँ बराबरको यी स्वास्थ्य सामग्री दुई चरणमा उपलब्ध गराइने रेडक्रसले जनाएको छ ।

मंगलबार पहिलो चरणमा केही मास्क, स्यानिटाइजर, साबुन, गगल्स लगायतका सामग्री उपलब्ध गराएको हो । भेन्टीलेटर भने दोस्रो चरणमा उपलब्ध गराउने रेडक्रसले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari