सेयरधनीको खातामा नेपाल इन्स्योरेन्सको नगद लाभांश
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २.८९५ नगद लाभांश बैंकमा खातामा पठाइ दिएको छ । कम्पनीले गत चैत ३ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो ।
त्यस मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीले जानकारी गराएको छ ।
नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न नेपाल इन्स्योरेन्स ले भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।
कम्पनीको असार ५ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५५ बोनस सेयर र २.८९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।


























