नेप्सेमा नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै चैत १८ गते अर्थात् आगामी आइतवारदेखि उक्त ऋणपत्र दोस्रो बजारमा किनबेच गर्न पाइने छ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।