citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

यूनाइटेड अजोडको कुल बीमा शुल्क आर्जन १.१४ अर्ब, नाफा १३.१८ करोड

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

१ अर्ब ९० करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १३ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४८ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले स्पेसियल रिजर्भ सिर्षकमा ८६ करोड ३० लाख रुपैयाँ संचित गरेको छ ।

यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा ३ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिटेण्ड अर्निङ्गमा २१ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

पुष मसान्तसम्ममा कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ९ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९९.७३ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले यस अवधिमा ४४ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८५.३६ प्रतिशतले वृद्धि भएको हो ।कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३.८५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १९४.७४ रुपैयाँ रहेको छ ।

gold
himalayan life insurance long ad
kumari bank