citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

हिमालयन लाइफ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ८.२४ प्रतिशतले थोरै हो । गत वर्ष यसले ३७ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने बढेको छ । यसको उक्त आम्दानी २ अर्ब ४६ करोड रुपैयाँबाट बढेर २ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

यसको कुल दावी भुक्तानी ३ अर्ब ९ करोड ४५ लाख रुपैयाँ रहेको छ । गत वर्ष २ अर्ब ६५ करोड थियो । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

यसको रिटेन्ड अर्निङमा १ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यसको जीवन बिमा कोषमा ५८ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । पुससम्म यसले ७ अर्ब ८९ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ८.२९ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले ७ अर्ब २८ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०४ पैसा छ । प्रतिसेयर नेटवर्थ भने १२१ रुपैयाँ ६२ पैसा रहेको छ ।

यस कम्पनीले चालु आर्थिक  वर्षको पहिलो  त्रैमासमा एनएफआरएस विधिबाट वित्तीय विवरण सार्वजनिक गरेको छ ।

gold
himalayan life insurance long ad