macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेको इन्स्योरेन्सको आज वार्षिक साधारण सभा 

सेयरधनीको हात खाली

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज माघ १२ गते शुक्रबार बस्दैछ ।नेको इन्सुरेन्सले गत आर्थिकको नाफाबाट लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने जनाएको छ ।

वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्नेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

माघ १ गते माघे संक्रान्तिको दिन सरकारले सार्वजनिक बिदा दिएको थियो । तसर्थ यसदिन सेयर कारोबार भएको थिएन । वार्षिक साधारण सभा, लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad