citizens life insurance long ad

‘ई–सेवा’स्थापनाको १५ वर्ष: यस्ता छन् १५ दिने अफर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले स्थापनाको १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ देखि ई–सेवाले सेवा शुरु गरेको थियो ।

१५ औँ वार्षिक उत्सवको अवसरमा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले कम्पनीलाई यो अवस्थामा आउन सहयोग गर्ने प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, पाटनर्स बैंक, नियामक निकाय, कर्मचारी, प्रेस र शुभचिन्तकलाई आभार प्रकट गर्नुभयो ।

‘हामीले आउँदा दिनमा ईसेवाको मोबाइल एप्सलाई आममानिसको हरेक क्रियाकलापमा साथ दिएर सुपर एप्सको रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ, मलाई आशा छ– डिजिटल नेपालको यो यात्रामा सबैले साथ दिनुहुनेछ’, उहाँले भन्नुभयो ।

१५ वर्षको अवधिमा ई–सेवा प्रयोगकर्ताको सङ्ख्या ८१ लाख पुगेको छ । अहिले देशभर झन्डै २ लाख ३० हजारको सङ्ख्यामा ई–सेवा एजेन्टहरू रहेका छन् । ई–सेवाले सातै प्रदेशबाट सेवा दिइरहेको छ । आउँदा दिनमा ई–सेवाले बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय पहुँच वृद्धि गरी प्रत्येक नेपालीलाई नवीनतम प्रविधि र सेवाहरू प्रदान गर्ने योजना बनाएको छ ।

यस्ता छन् १५ औँ वार्षिक उत्सवका १५ अफर

ई–सेवाले १५ औँ वार्षिक उत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्वजनिक गरेको छ । यो अफर माघ ११ देखि माघ २५ गतेसम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ । अफर अन्तर्गत ई–सेवा मार्फत कुनै पनि कारोबार गर्नेमध्ये एक जनाले आईफोन १५ जित्नेछन् । यसैगरी एअरलाइन्स टिकट काट्ने १५ जनाले १५ सय १५ रुपैयाँमा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् ।

यस्तै ई–सेवा केयर खरिद गर्नेमध्ये एक जनाले १५ हजार रुपैयाँ र होटल बुकिङ गर्नेले १५ सय रुपैयाँ क्यासब्याक पाउनेछन् । यस्तै मोबाइल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले १ सय ५० रुपैयाँसम्मको क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले ५ हजार रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । ई–सेवाले यी लगायत विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।

ई–सेवाबाट बीमाको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका झन्डै ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

IME Life
kumari