stcnepal long ad
ime life insurance
global ime bank long

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लिलामी शेयर उठाउने आज अन्तिम दिन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लिलामी शेयर उठाउने आज माघ ११ गते अन्तिम दिन रहेको छ।

गत माघ ३ गतेबाट कम्पनीको ३ लाख कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। यो शेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।

यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथ अन्य जोकोही व्यक्ति, संस्था र कम्पनीले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन दिन सकिनेछ।

लगानीकर्ताले काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एसिया क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्।

prabhu mahalaxmi
kumari