stcnepal long ad
ime life insurance
global ime bank long

स्पेनिस जाइन्ट बार्सिलोना कोपा डेल रेबाट बाहिरियो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

स्पेनिस जाइन्ट बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । बुधवार राति भएको कोपा डेल रेको क्वाटरफाइनलमा एथ्लेटिक बिलबाओसँग ४–२ गोल अन्तरले पराजित भएपछि बार्सिलोना अघि बढ्न सकेन ।

निर्धारित समयमा दुवै टिमले दुई दुई गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । जसमा एथ्लेटिकले ४–२ ले बाजीमार्न सफल भयो ।

एथलेटिकलाई सेमिफाइनलमा पुर्‍याउन गोर्का गुरुजेफा,ओइहान सान्चेट, इनाकी विलियम्स र निको विलियम्सले एक एक गोल गरेका थिए । बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरे पनि पर्याप्त भएन ।

पहिलो मिनेटमै गोर्का गुरुजेफाले गोल गर्दै एथ्लेटिकलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले बराबरी गरेको थियो । ३२ औं मिनेटमा बार्सिलोनाका लागि लामिन यमलले गोल गर्दै २–१ को अग्रता दिलाए ।

४९ औं मिनेटमा एथ्लेटिकका लागि आइहान सान्चेटले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि निर्धारित ९० मिनेटमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटमित्र एथ्लेटिक क्लबले अरु २ गोल थप्दै सेमिफाइनलमा स्थान बनायो ।

अतिरिक्त समयको पहिलो १५ मिनेटको इन्जुरी टाइममा इनाकी विलियम्ले गोल गरेपछि एथ्लेटिक ३–२ ले अघि बढेको थियो । यसैगरी १२० औं मिनेटपछिको इन्जुरी टाइममा निको विलियम्सले गोल गर्दै एथ्लेटिकलाई सेमिफाइलनमा प्रवेश गराउँदा बार्सिलोनालाई क्वाटरफाइनलबाटै विदा गरे ।

अर्को खेलमा मल्लोर्काले गिरोनालाई ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । यस अघि रियल सोसियडाडले सेल्टा भिगोलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अब सेमिफइनल पुग्ने अन्तिम टिमको टुंगो लाग्न बाँकी छ । अब एथ्लेटिको मड्रिड र सेभिल्लाबीचको विजेताले अन्तिम चारमा स्थान बनाउने छ ।

prabhu mahalaxmi
kumari