citizens life insurance long ad
stcnepal long ad
national life

प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी प्रसाईंलाई

Prabhu Insurance Long Ad

काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईंले पाएका छन् ।

प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पदबाट राजीनामा दिएपछि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसाईंलाई सञ्चालक समितिको बुधबारको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

साबिक प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर भएर प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स अस्तित्वमा आउनु अघि प्रसाईं प्रभू लाइफको प्रमुख कार्यकारी अधिकृत थिए ।

चार्टर्ड अकाउण्टेण्ट समेत रहेका प्रसाईंले बीमा क्षेत्रमा आफ्नो करिअरको शुरुवात तत्कालीन बीमा समिति ९ हालको नेपाल बीमा प्राधिकरण०बाट गरेका हुन् ।

बीमा समितिबाट राजीनामा पछि नेपाल लाइफ इन्स्योरेन्समा प्रवेश गरेका प्रसाई‌ंले त्यहाँ ४ वर्ष तीन महिना काम गरे । त्यस अवधिमा उनले ८ महिना प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

himalayan life insurance
igi long