citizens life insurance long ad
stcnepal long ad

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस २६ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस २६ गते (पुस २७ गते शुक्रबार र पुस २८ गते शनिबार)सम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले आफ्नो सातौँ वार्षिक साधारणसभा आउँदो माघ १४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको नक्साल भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश छन्।

सभाले बोनस शेयर जारीपछि चुक्तापुँजी बढेर ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

संशोधित प्रबन्धपत्र अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षणको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ। चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पनि स्वीकृत गर्नेछ।

सभामा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन हुनेछ।

IME Life
kumari