macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

५२ प्रतिशतले यती कार्पेटको व्यापार बढ्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । यती कार्पेट प्रा.लि.ले १ वर्षमा ४६ करोड ३० लाख रुपैयाँ (प्रोभिजनल) बराबरको व्यापार गरेको देखिएको छ । केयर रेटिङ एजेन्सी ‘इक्रा नेपाल’ का अनुसार कम्पनीले वर्ष सन् २०२३ मा सोबराबरको व्यापार गरेको हो । सन् २०२२ को तुलनामा सन् २०२३ मा ५२.३० प्रतिशतले धेरै भएको रिपोर्टमा उल्लेख छ ।

त्यसैगरी, कम्पनीले २०२२ मा ३० करोड ४० लाख र सन् २०२१ मा १९ करोड २० लाख रुपैयाँबराबरको व्यापार गरेको थियो । यसले ५७ करोड ४९ लाख रुपैयाँ कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ । जसमध्ये ४४ करोड ९९ लाख दीर्घकालीन (लङ टर्म) कर्जाका लागि ‘इक्राएनपी एलबी प्लस’ र छोटो अवधि (सर्ट टर्म) कर्जा १२ करोड ५० लाख रुपैयाँका लागि इक्राएनपी ए४’ रेटिङ पुनः पुष्टि गराएको पनि इक्राको रिपोर्टमा उल्लेख छ ।

himalayan life insurance
igi long
NTA long ad