sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

भोलि असार ५ गते नेपाल इन्स्योरेन्सको बार्षिक साधारणसभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले यसअघि लकडाउनको कारण स्थगित भएको वार्षिक साधारण सभा असार ५ गते (शुक्रबार) हुने भएको छ । सभाका लागि कम्पनीले कम्पनीको पुरानो भवन कमलादीमा बिहान ११ डाकेको छ । कम्पनीले यसअघि चैत २१ गते बोलाएको साधारण सभा लकडाउनको कारण स्थगित भएको थियो ।

कम्पनीले शेयरधनीहरुलाई न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा सहभागी हुने आग्रह गरेको छ । साथै कम्पनीले भिडियो कन्फरेन्समार्फत पनि सभामा सहभागी हुन सक्ने जानकारी दिएको छ।

उक्त सभामा भिडियो कन्फरेन्स मार्फत पनि धारणा राख्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ। जसका लागि शेयरधनीले सभा हुनु भन्दा दुई दिन अघि नै कम्पनीमा आफनो नाम टिपाउनुपर्ने हुन्छ ।

कम्पनीले यस सभामा शयरधनीहरुलाई ७ दशमलव ८९ प्रतिशत लभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

gold
nawakantipur long