stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कोरोना महामारी विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीका लागि युनिसेफ र एडीबीको सहयोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोभिड १९ महामारी विरुद्ध कार्यरत स्वास्थ्यकर्मीहरूलाई सुरक्षित राख्नको लागि युनिसेफले नेपाललाई स्वास्थ्य सुरक्षा उपकरण र सामग्रीहरू उपलब्ध गराएको छ ।

उक्त सहयोग एसियाली विकास बैंक (एडीबी)को अनुदान मार्फत सम्भव भएको हो । एसियाली विकास बैंकले संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) लाई प्रदान गरेको ३ लाख डलर बराबरको अनुदानबाट नोभेल कोरोना भाइरस (कोभिड १९) महामारीको विरुद्ध जारी प्रतिकार्यमा नेपाललाई सघाउनको लागि आपतकालीन स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गरिएको हो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आइपुगेका स्वास्थ्य सामग्री तथा उपकरणहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिचान गरेका आवश्यकता अनुरूप देशै भरिका कोभिड १९ अस्पतालमा आइसोलेसन वार्ड तयार गर्नको लागि प्रयोग हुने युनिसेफद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

‘नेपालमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिहरुका लागि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउंदै जीवन बचाउने कार्यमा खटिनुभएका उहाँहरुको सामु दैनिक रुपमा आइपर्ने जोखिम न्यूनीकरण गर्ने यस कार्यमा युनिसेफ नेपालसँग सहकार्यको अवसर पाउँदा एसियाली विकास बैंक अत्यन्तै हर्षित छ’, नेपालका लागि एसियाली विकास बैंकका राष्ट्रिय निर्देशक मुख्तर खामुदखानोभले भन्नुभयो।

“नोभेल कोरोनोभाइरस ९कोभिड १९० महामारी विरुद्धको प्रतिकार्यमा सहयोग गर्न तथा नेपाल सरकारसंग एसियाली विकास बैंकको निकट सहकार्य निरन्तर जारी छ।“

नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विस्कले भन्नुभयो ‘नेपालले सामना गरिरहेको कोभिड १९ संकट विरुद्ध योगदान गरेकोमा तथा जीवन बचाउने नेपाल सरकारको क्षमतालाई अझ सुदृढ तुल्याउने महत्वपूर्ण स्वास्थ्य उपकरणको खरिद गरी उपलब्ध गराउनको लागि आफ्नो विज्ञताको उपयोग गर्न युनिसेफलाई मद्दत गर्ने यो हाम्रो साझेदारीको लागि एसियाली विकास बैंकलाई धन्यवाद दिन चाहन्छौं । बालबालिका र युवाहरु लगायतका उच्च जोखिममा रहेका समुहहरुलाई सुरक्षित राख्नको लागि हामीले मिलेर सहयोग गर्न सक्छौं।“

कोभिड १९ फैलिन नदिन युनिसेफले नेपाल सरकार तथा अन्य साझेदारहरुसँग निकट सहकार्य निरन्तर कार्य गर्दै आएको पनि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

prabhu mahalaxmi
kumari