macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल लाइफद्वारा तिमी यो दशैंमा के गर्छौ ? नामक टिकटक प्रतिस्पर्धाको आयोजन

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपालकै अग्रणी एवम् सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ ।

तिमी यो दशैंमा के गर्छौ ? नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ ।

प्रथम हुनेलाई नगद रु. तीस हजार, द्वितियलाई रु. बीस हजार र तृतीयलाई रु. दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले  २०८० कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नुहुनेछ ।

दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ ।

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गर्नु भएको छ । कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्नेकुरा बताउनु भएको छ।

१ कात्तिक २०८०, बुधवार १९:४५ बजे प्रकाशित

NTA long ad