stcnepal long ad
global ime bank long

नेपाल पे क्युआर मार्फत मासिक १ अर्ब भन्दा बढिको कारोबार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पे क्युआर सार्वजनिक भएको ६ महिना यता पहिलो पटक असोज महिनामा नेपाल पे क्युआरको प्रति महिना कारोबार रु. १ अर्ब भन्दा बढि पुगेको छ ।

यसै गरी विभिन्न बैंक वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पे क्युआरमा ४ लाख २५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध भइसकेका छन् ।

कारोबार रकम तथा मर्चेन्टको संख्या अनुसार यस उपलब्धीलाई एक महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिइएको छ र यसबाट QR भुक्तानीमा थप वृद्धि हुने पनि अपेक्षा गरिएको छ ।

नेपाल पे क्युआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । क्युआर स्कीमको रुपमा समेत उपलब्ध रहेको उक्त नेपाल पे क्युआर मा एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले मर्चेन्ट लेभलमा एग्रिगेटेड त्तच् पनि उपलब्ध गराइरहेका छन् र हालै नेपाल पे क्युआर र स्मार्ट क्युआर बीच नेटवर्क स्तरको अन्तरआबद्धता कायम भइसकेको छ ।

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्युआरमा ४ लाख २५ हजार र स्मार्ट क्युआरको २ लाख ५० हजार समेत गरी ६ लाख ७५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध छन् ।

त्यस्तै सबै वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग र वालेटहरुबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ ।

मर्चेन्ट र व्यवसायीहरुले नेपाल पे क्युआरमा आबद्ध भई ग्राहकहरुबाट क्युआर मार्फत भुक्तानी प्राप्त गर्नका लागि आफ्नो बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् ।

भौतिक रुपमा QR स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्युआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्युआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ ।

IME Lifesidebar
kumari