प्रभु इन्स्योरेन्सको नाममा रहेको पुनर्बिमा कम्पनीको १९ लाख ७९ हजार कित्ता सेयर लिलामी बिक्री खुला

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले आज (असोज २४ गते) देखि प्रभु इन्स्योरेन्सको स्वामित्वमा रहेको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्थाले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ३५५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा कात्तिक २३ गतेसम्म आवेदन दिन मिल्नेछ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।