macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

हाथवे इन्भेष्टमेन्ट नेपाल र मान्डु हाइड्रोपावरको सेयर कारोबार कतिमा खुल्यो ?

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट नेपाल र मान्डु हाइड्रोपावरको सेयर कारोबार सुरु भएको छ ।

बुधबार स्पेसल प्रि ओपनिङ सेसनमा हाथवे इन्भेष्टमेन्ट नेपालको पहिलो कारोबार प्रतिकित्ता २८५.२० रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।

नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९५.०९ रुपैयाँदेखि २८५.२७ रुपैयाँसम्म तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट कारोबार सुरु भएको हो ।

‘एचएटीएचवाई’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ । हाथवे इन्भेष्टमेन्टको चुक्ता पुँजीका आधारमा कायम कुल २ करोड ३४ लाख कित्ता सेयर मंगलबार सूचीकृत भएको थियो ।

मान्डु हाइड्रोपावको पहिलो कारोबार प्रतिकित्ता ३७३.२० रुपैयाँमा खुला भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज भने प्रतिकित्ता १२४.४२ रुपैयाँदेखि ३७३.२६ रुपैयाँसम्म तोकेको छ ।

‘एमएएनडीयु’ संकेतमा यसको सेयर कारोबार भएको छ । यसको चुक्ता पुँजीका आधारमा कायम कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता सेयर मंगलबार सूचीकृत भएको थियो ।

२४ असोज २०८०, बुधवार ११:०२ बजे प्रकाशित

NTA long ad