citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सोनापुर मिनरल्स एन्ड आयलको आइपीओ बाँडफाँट

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओ आज बुधबार (असोज २४ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको छ ।

तसर्थ, १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकामा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँ दरले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

यता, कम्पनीका कर्मचारीलाई छुट्याइएको ६ लाख ८ हजार २८४ कित्ता सेयरमध्ये कर्मचारीले १९ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए ।

कर्मचारीहरुले खरिद नगरेको ५ लाख ८८ हजार ७८४ कित्ता सेयर पनि थप गरेर कुल १ करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

साथै, सोनापुर मिनरल्स एन्ड आयलको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

himalayan life insurance
igi long