prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

सामसङले ल्यायो स्क्रिनको जुनसुकै स्थानमा फिङ्गरप्रिन्ट पढ्नसक्ने नयाँ सेन्सर डिस्प्ले प्रविधि

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । सामसङले भविष्यका फोन तथा ट्याब्लेटहरूका लागि नयाँ बायोमेट्रिक तथा स्वास्थ्यसँग सम्बन्धित क्षमता भएको नयाँ डिस्प्ले प्रविधि सार्वजनिक गरेको छ । प्रविधिको दिग्गज कम्पनीले यसलाई सेन्सर ओएलईडी डिस्प्ले नाम दिएको छ ।

तपाईंले स्क्रिनको जुनसुकै भागमा छुँदा समेत यसले फिङ्गरप्रिन्ट पढ्न सक्छ । अमेरिकाको लस एन्जलसमा आयोजित ‘एसआईडी डिस्प्ले विक’का क्रममा कम्पनीले यस्तो डिस्प्ले प्रस्तुत गरेको हो ।

यद्यपि अहिलेका अधिकांश स्मार्टफोनहरूको स्क्रिनमा फिङ्गरप्रिन्ट रिडर हुने गर्छ । ती फोनहरूको प्यानलभित्र छुट्टै मोड्युलको रूपमा सेन्सर राखिएको हुन्छ, जसले सानो निर्धारित क्षेत्रमा मात्रै काम गर्छ ।

तर सेन्सर ओलेडको हकमा भने प्यानलमै फिङ्गरप्रिन्ट सेन्सर मिलाइएको सामसङले उल्लेख गरेको छ । स्क्रिनको जुनसुकै भागले फिङ्गरप्रिन्ट पढ्न सक्ने भएपछि यसबाट मानिसको मुटुको चाल र रक्तचाप समेत मापन गर्न समेत सकिनेछ ।

कम्पनीका अनुसार यसले उपलब्ध वेयरेबलको तुलनामा थप यथार्थपरक विवरण दिनसक्छ । ओलेड प्रकाश मानिसका रक्तनलीहरूको सङ्कुचन तथा विश्रामका आधारमा स्पष्ट रूपमा फरक फरक किसिमले प्रतिबिम्बित हुने गर्छ ।

त्यसको सूचना प्यानलमा फिर्ता भएपछि सेन्सरले त्यसलाई स्वास्थ्य मेट्रिक्स ९माप० मा बदल्छ । सामसङले आफ्नो प्रेस विज्ञप्ति भनेको छ, ‘व्यक्तिको रक्तचाप यथार्थ परक ढङ्गले मापन गर्न दुवै हातको ब्लड प्रेसर मापन गर्न आवश्यक हुन्छ ।’

‘बजारमा रहेका वेयरेबल डिभाइसहरूको तुलनामा अझ यथार्थपरक स्वास्थ्य सूचना उपलब्ध गराउन यो सेन्सर ओलेड डिस्प्लेले क्रमशः दुवै हातका औँलाहरू महसुस गर्न सक्छ ।’

कम्पनीले भविष्यमा सार्वजनिक गर्ने डिभाइसहरूमा यो नयाँ प्रविधि प्रयोग हुने बारेको घोषणा गर्न भने बाँकी नै छ । तर एसआईडी डिस्प्ले प्रदर्शनीमा भने अहिले नै यसले ब्लड प्रेसर र मुटुको चाल मापन गर्न सक्षम रहेको देखाइएको छ ।

सेन्सर ओलेडका अतिरिक्त सामसङले बेर्न मिल्ने फ्लेक्स स्क्रिन समेत प्रदर्शनीमा राखेको छ । जुन स्क्रिन बेरेर राखेको अवस्थाको तुलनामा पाँच गुणा बढी फराकिलो हुन सक्छ ।

९ जेठ २०८०, मंगलवार २०:३१ बजे प्रकाशित

NTA long ad
stcnepal long ad