stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनसेलको मेरो प्लान अब साप्ताहिक प्याकमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

सुलभ दरमा डेटा र भ्वाइस सेवाको बण्डलिङ्ग सहितका साप्ताहिक प्याक
 डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफै डेटा बन्द हुने

आर्थिक सञ्जाल । काठमाडौं, पुस २८ एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।
यो आकर्षक योजना भोली (पुस २९) मंगलबारदेखि लागु हुनेछ । यस अन्तर्गत एनसेलले दुई साप्ताहिक प्याकहरु २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ । २ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहित मात्र रु ९५.७७ मा २ जिबी डेटा भोलुमको मजा लिन सक्नेछन् । यसका साथै यो प्लान अन्तर्गत ग्राहकले अननेट अर्थात एनसेल नेटवर्क भित्र कर सहित मात्र रु १.२८ प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा पनि लिन सक्नेछन् । त्यसैगरी ६ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहित मात्र रु १९१.५४ मा ६ जिबी (४ जिबी + २ जिबी भिडियो डेटा) को मजा लिन सक्नेछन् । प्याक अन्तर्गतको भिडियो डेटा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा जस्तै गुगल प्ले, म्याप्स आदि चलाउन प्रयोग गर्न सक्नेछन् ।
डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफै डेटा बन्द हुने मेरो प्लानको विषेशता रहेको यो प्लान अन्तर्गत ग्राहकले आफ्नो डेटा भोलुम सकिएपछि आवश्यकता अनुसारको मेरो प्लानहरु तुरुन्त सुचारु गर्न सक्नेछन् । साप्ताहिक प्लान अन्तर्गतका डेटा भोलुमको समयावधि सुचारु भएको दिन देखि ७ दिनको रहने छ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम ग्राहकका लागि ग्राहककै आवश्यकता अनुसारको बण्डलिङ्ग सहितको प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहको एनसेलले जनाएको छ । यस योजनामा रहेका कुनै पनि प्लान सुचारु गरेपछि हरेक हप्ता स्वतः नविकरण हुनेछ । प्लान नविकरण हुनको लागि मोवाइलमा प्लान अनुसारको चाहिने ब्यालेन्स हुनु आवश्यक छ । मेन ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रति मिनेट कर सहित रु २.५४ मा प्रयोग गर्न सक्नेछन् ।

IME Lifesidebar
kumari