स्पर्स लघुवित्तको तेश्रो वार्षिक साधारण सभा

आर्थिक सञ्जाल । स्पर्स लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । संस्थाको आईतवार सम्पन्न साधारण सभाले १३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्था सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सुशिलभक्त माथेमाको अध्यक्षतामा भएको उक्त साधारणसभामा संस्थाले आर्थिक बर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन माथि छलफल, लेखा परिक्षण प्रतिवेदन, आर्थिक बर्ष २०७६÷०७७ को लागि लेखा परिक्षक नियुक्ति एवं सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको बोनस शेयरको कर बापतको नगद रकम रु. ५ लाख ६७ हजार ६ सय ४२ नगद लाभांश वितरणको लागि स्वीकृति दिने प्रस्ताहरुमाथि छलफल गरी निर्णय गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजारको १३ प्रतिशतले हुन आउने रु १ करोड ७ लाख ८५ हजार १९० बोनस शेयर गरी संस्थाको कुल चुक्ता पँुजी वृद्धि गरी ९ करोड ३७ लाख ४८ हजार १९० पुर्याएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।
वित्तीय संस्थाले एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थालाई गाभ्ने तथा गाभिने वा प्राप्ती गर्ने वा प्राप्ती हुने लगायतका सम्पुर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ । सो पश्चात हुन आउने पूँजीको १ः१ हकप्रद शेयर जारी गरी चुक्ता पुँजिमा वृद्धि गरि संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनाउनको लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।