डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा डाइनामिक कम्बो प्याक
काठमाडौं। डिशहोम फाइबरनेटले ‘डाइनामिक कम्बो प्याक’ अफरअन्तर्गत ४० एमविपिएस इन्टरनेट वार्षिक मात्र रु. १२ हजार ९९९ मा ल्याएको छ। यस अफर अन्तर्गत डिशहोम फाइबरनेटसँगै डिशहोम टीभी कनेक्सन वा आईपी टीभीको सुविधा ग्राहकहरुले पाउनेछन्। यो सुविधा २५ एमविपिएस वार्षिक रु. ११ हजार ५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ।
यसका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभीओडीजस्ता विभिन्न सुविधाहरु उपलब्ध छन्। फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन्।























