stcnepal long ad
global ime bank long

सान्जेन जलविद्युतले ३६.५० लाख कित्ता आईपीओ जारी गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको जनाएको छ। कम्पनीले स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासनको प्रक्रिया बढाएको छ। जस अनुसार कम्पनीले गत मंसिर २० गते नेपाल धितोपत्र बोर्डमा निष्कासनको अनुमति माग्दै आवेदन दिएको छ।

सान्जेन जलविद्युतमा संस्थापक समूहको ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ। त्यसमध्ये ३९ प्रतिशत सर्वसाधारणका लागि सान्जेनले आईपीओ जारी गरिसकेको थियो। बाँकी १० प्रतिशत कम्पनीले स्थानीयका लागि छुट्याएको थियो।

सोही १० प्रतिशत बराबरको साधारण सेयर स्थानीयका लागि जारी गर्न कम्पनीले प्रक्रिया अगाडि बढाएको हो।

धितोपत्र बोर्ड अनुमति दिएपछि सान्जेनले १०० अंकित दरका कुल ३६ लाख ५० हजार कित्ता सेयर स्थानीय सर्वसाधारणको लागि निष्कासन गर्नेछ। आईपीओ निष्कासनकर्तामा सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट रहेको छ।

IME Lifesidebar
kumari