citizens life insurance long ad
stcnepal long ad

गुहेश्वरी मर्चेन्ट बैंकिङद्वारा इटहरीमा शाखा विस्तार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले आफ्नो २२ औं शाखा सुनसरी जिल्लाको इटहरीमा विस्तार गरी बैंकिङ कारोबार सञ्चालनमा ल्याएको छ।

शाखाको शुभारम्भ उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेल र संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका छन्।

इटहरी शाखा सञ्चालनमा आएपश्चात संस्थाको कुल शाखा संख्या २२ र एक्सटेन्सन काउन्टर २ पुगेको छ।

हाल संस्थाको प्रदेश नं. १ मा ५ शाखा कार्यालय, प्रदेश नं. २ मा ६ शाखा कार्यालय र १ एक्सटेन्सन काउन्टर, बागमती प्रदेशमा ६ शाखा कार्यालय र १ एक्सटेन्सन काउन्टर, लुम्विनी प्रदेशमा ४ शाखा कार्यालय र गण्डकी प्रदेशमा १ शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ।

संस्थाको चुक्ता पुँजी रु ८६.४० करोड तथा जगेडा कोषमा रु। ३९.९५ करोड रहेको छ भने निक्षेप संकलन रु।६४५ करोड तथा कर्जा लगानी रु. ५६७ करोड रहेको छ।

संस्थाले चिप बेस्ड डेबिट कार्ड, एसएमएस अलर्ट, ई–बैंकिङ, ईसीसी, आईपीएस, कनेक्ट आईपीएस, आटीजीएस, कर्पोरेट पे, मोबाइल बैंकिङ, ईसेवा, फोनपे, प्रभुपे, सेफ डिपोजिट लकर, टपअप सुविधा, रेमिट्यान्स सोव, डीपी, सि–आस्बा तथा व्यक्तिगत खाताको हकमा रु.३ लाखसम्मको निक्षेप बीमाका साथै अन्य बैंकिङ सेवाहरु समेत प्रदान गरिरहेको छ।

निकट भविष्यमा देशका अन्य भागहरुमा थप शाखा विस्तार गरी निम्न आय भएका जन समुदायमा समेत सरल, सुलभ बैंकिङ सेवा पुर्याउने योजना संस्थाको लक्ष्य रहेको जनाएको छ।

IME Life
kumari