stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

“नोकिया ५.३” नेपालि बजारमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रा.लि.ले “नोकिया ५.३” बजारमा ल्याएको छ । नोकिया फोनको उत्पादक संस्था एच्.एम.डी ग्लोबलका अनुसार यसमा विभिन्न प्रकारका मौलिक विशेषता तथा फिचर सहित बढी क्षमता समावेश गरिएको छ ।

“नोकिया ५.३” मा विशेष खालकोए.आई. क्षमताको क्वाड क्यामेरा (AI-powered quadcamera) समावेश गरिएको छ । शक्तिशालि क्वाड क्यामेराले वाइड एङ्गल र माइक्रोलेन्सबाट आकर्षक फोटो खिच्ने क्षमता राख्दछ ।

यसमा ६.५५” स्क्रीन भएकाले दिनभर अनलाईन भिडियो स्ट्रिमिगं र गेमहरु आरामसँग खेल्न सकिन्छ । “नोकिया ५.३” मा राखिएको व्याट्री शक्तिशाली एवं बलियो भएकाले लामो समयसम्म टिक्दछ । “नोकिया ५.३” का मनमोहक
डिजाइनहरु यस्को मूल धरोहरबाट प्रेरित छन्। प्रयोगकर्ताका लागि छिटो छरिटो सँग मोबाइल चलाउनका लागि एण्ड्रोइड १० र गूगल एसिसटेन्ट को छुट्टै बटन रहेको छ ।

एच्.एम.डी.ग्लोबलका चीफ प्रोडक्ट अफिसर जुहो सर्भिकास भन्नुहुन्छ “नोकिया ५.३ हाम्रो लागि बिशिष्ट रहेको छ, किनभने किफायति मूल्यमा पहिलो पटक धेरै उच्चकोटिका फिचरहरु समावेश गरिएको छ ।

यो फोन मार्फत हाम्रो लक्ष्य हाम्रा प्रयोगकर्ताहरुका लागि बिभिन्न तरिकाबाट कन्टेन्टहरु बनाउन र मनोरञ्जन लिन सकोस भन्ने हो । यसमा नोकियाले पहिलो पटक स्नापड्रागन ६६५ (Snapdragon 665) मोबाइल प्लाटफर्म र ए.आई. क्षमताको क्वाड क्यामेरा (AI-powered quad-camera) समावेश गरेको ले यस्ले मनोरन्जनात्मक तथा रचनात्मक
अवसरहरु प्रयोगकर्ताहरुमाझ पु¥याउने छ ।”

यसमा रहेको क्वाड क्यामेरा ले हरेक क्षणलाई तस्बिर तथा भिडियो मा कैद गर्न सकिन्छ । यसमा रहेको १३ एम.पी क्षमताको क्यामेराले कुनैपनि अवस्थामा उत्कृष्ट फोटो लिन सकिन्छ भने माइक्रो तथा अल्ट्रा वाइड लेन्सबाट क्लोजअप अथवा वाइड फोटो लिन सकिन्छ । साथै कम उज्यालोमा पनि चाहे जस्तो आकर्षक फोटोखिच्न सकिन्छ ।

नोकिया ५.३ मा रहेको लार्ज स्क्रीनमा मूभि र एप्सहरु को बेग्लै रोमान्चक अनुभव हुनेछ । ६.५५” इन्च ठूलो स्क्रीन सजिलै हातमा बोक्न सकिने भएकोले भिडियो वा गेमहरु मजाले चलाउन सकिन्छ । नोकियाले आफ्नो मूल बिशेषता “दुई दिन व्याट्री लाइफ” यस्मा पनि निरन्तरता दिएको छ ।

यसकारणले व्याट्री धेरै समय टिक्छ र चार्ज पनि छिटो हुनेछ । यसमा ४००० एम्.ए.एच्र ए. आई. असिसटेड एडप्टिभ व्याट्री फिचर पनि रहेको छ ।
नोकिया ५.३ ले विश्वव्यापी बजार बनाएको छ र जम्मा रु. २३,४९९/– बजारमा मूल्यमा उपलब्ध छ । नोकियाको निर्माता एच्.एम.डी ग्लोवलको कार्यालय फिनल्याण्डमा रहेको छ र यसले विभिन्न प्रकारका स्मार्टफोनका साथै टेवलोइट्स पनि उत्पादन गर्दछ ।

prabhu mahalaxmi
kumari