stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल टेलिकम गल्याङद्वारा साढे दुई हजार सिम निःशुल्क वितरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

२०७६ माघ २७ गते काठमाडौं । दूरसंचार कार्यालय गल्याङले दुई हजार पाँच सय सिम निःशुल्क वितरण गरेको छ । गल्याङ चेम्बर अफ कमर्शले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा उक्त सिम वितरण गरिएको हो ।

सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिएको उक्त सिममा रु ५० टक भ्यालु समेत रहेको छ । चौथो पुस्तामा आधारित फोरजी प्रविधि मार्फत उच्च गतिको इन्टरनेट सेवामा सर्वसाधारणको अत्याधिक रुचि देखिएकाले यति धेरै संख्यामा निःशुल्क सिम वितरण गरिएको नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए ।

उनका अनुसार फोरजी प्रविधि मार्फत उच्च गतिको इन्टरनेट प्राप्त हुने हुँदा उच्च गुणस्तरीय श्रव्य दृश्य सामग्रीहरु हेर्न तथा सुन्न सकिने भएकाले आम उपभोक्ताको रोजाई बढ्दै गएको हो । नेपाल टेलिकमले देशको ७७ वटै जिल्लामा फोरजी सेवाको पहुँच विस्तार गरिसकेको छ भने फोरजी नेटवर्क विस्तार गर्नेमा पहिलो र सबैभन्दा ठूलो सेवा प्रदाएक पनि हो ।

IME Lifesidebar
kumari