stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवशको अवसरमा, एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ ।

यस विशेष योजनामा ग्राहकहरूले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्दछन् र साथै २५ जना भाग्यशाली ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने मौका पाउनेछन् ।

यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध विशेष अफर हो । यस नयाँ अफरअन्तर्गत, भ्यालेन्टाइन डेका दिन एनसेल एपमा फ्ल्यास सेलमा रहेका डेटा प्याकहरू खरिद गर्ने प्रत्येक ग्राहकले प्याक अनुसार १ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा र ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्नेछन् । साथै, फ्ल्यास सेल प्याक खरिद गर्ने सबै ग्राहकहरूले मार्च ८ सम्म न्यूम्यू उत्पादनहरूमा २० प्रतिशत छुट पाउनेछन् ।

अफरको फाइदा लिन ग्राहकहरूले आफ्नो मोबाइलमा एनसेल एप राखेको हुनुपर्दछ । यदि एनसेल एप नभएमा, उनीहरूले एप स्टोरबाट डाउनलोड गर्न सक्छन् । एप डाउनलोड गरेपछि, एनसेल नम्बर प्रयोग गरी लगइन वा साइन अप गर्न पर्दछ ।

अफरको दिन, अर्थात् फेब्रुअरी १४ मा ग्राहकहरूले एनसेल एपको फ्ल्यास सेलमा गई त्यहाँ रहेका आठ प्याकहरू मध्ये आफ्नो डेटा आवश्यकताअनुसार कुनै पनि प्याक खरिद गर्न सक्छन् ।

सुचीमा १ दिन समयावधि रहेको ५० रुपैयाँको अनलिमिटेड डेटा देखि ३० दिन समयसीमा रहेको रु। १,४९९ सम्मको प्याकहरु रहेका छन् ।

उदाहरणका लागि, १ दिनको अनलिमिटेड डेटा प्याकमा ग्राहकहरूले बोनस रूपमा ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्न सक्छन्, भने १५० को ७ जीबी पाइने डबल मज्जा प्याकमा थप २ जीबी बोनस डेटा पाइन्छ ।

त्यस्तै, ५९९ पर्ने २८ दिनको समयवधि भएको ४२ जीबीको होम एन्ड अवे प्याकमा ग्राहकहरूले थप ५ जीबी बोनस पाउँछन् ।

यो फ्ल्यास सेलअन्तर्गत, ५९९ देखि १४९९ सम्मका सधैं अन प्याकमा ग्राहकहरूले ५ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा प्राप्त गर्न सक्छन्, जसले उनीहरूलाई अनलाइन पहुँचको भरपुर फाइदा प्रदान गर्नुका साथै सधै अन रही सम्पर्कमा रहन मद्दत गदैछ ।

भ्यालेन्टाइन डे फ्ल्यास सेल अफरले ग्राहकहरूलाई अझ सुलभ शुल्कमा डेटा कनेक्टिभिटीको फाइदा दिने र आफूले माया गर्ने व्यक्तिका साथै आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहीरहन महत्वपूर्ण भुमिका खेल्ने विश्वास एनसेलले लिएको छ ।

यो भ्यालेन्टाइन डे विशेष अफरका अतिरिक्त, ग्राहकहरूले प्रत्येक शनिबार एनसेल एपको फ्ल्यास सेल सेक्सनमा गएर त्यहाँ उपलब्ध हुने प्याकहरू लिई र बोनस डेटा तथा टक टाइमको फाइदा लिन सक्छन् ।

prabhu mahalaxmi
kumari bank
kumari