हुन्डाईले अर्को महिना सोलिड–स्टेट ब्याट्री सार्बजनिक गर्ने

काठमाडौं । हुन्डाईले अर्को महिना आफ्नो पहिलो सोलिड–स्टेट ब्याट्री सार्बजनिक गर्ने तयारी गरेको छ । सोलिड–स्टेट ब्याट्री हुन्डाईको एक ड्रिम प्रोजेक्ट रहेको र अव यसले अन्तिम रुप लिन लागेको जनाइएको छ ।
कम्पनीका अनुसार यस नयाँ ब्याट्रीलाई दक्षिण कोरियाको दक्षिणी ग्योन्गी प्रान्तमा हुण्डाईको नयाँ उइवाङ अनुसन्धान केन्द्रमा विकास गरिनेछ । सोलिड–स्टेट ब्याट्री जडित प्रोटोटाइप गाडी छिट्टै सार्वजनिक गर्ने र सन् २०३० सम्ममा ठूलो मात्रामा उत्पादन सुरु गर्ने लक्ष्य हुन्डाई मोटर्सले राखेको छ ।
टोयोटा र होन्डाले समेत सोलिड–स्टेट ब्याट्री ल्याउन मेहनत गरिरहेका छन् भने चिनियाँ ब्याट्री स्टार्टअपहरू पनि दशकको अन्त्यसम्ममा ठूलो मात्रामा सोलिड–स्टेट प्याकहरू उत्पादन गर्न दौडिरहेका छन् ।
परम्परागत लिथियम–आयन ब्याट्रीहरूको तुलनामा निकै मजवुत मानिन सोलिड–स्टेट ब्याट्रीमा एनोड र क्याथोडको बीचमा आयनहरू सार्न तरल इलेक्ट्रोलाइट प्रयोग गरिएको हुन्छ । जसले पोलिमर, अक्साइड वा सल्फाइडहरूबाट बनेको ठोस इलेक्ट्रोलाइटको लागि तरललाई स्वैप गर्दछ ।
हुन्डाईको साथै निओ र होन्डा सहित अन्य धेरै अटो उत्पादकहरु यो नेक्स्ट–जेन ब्याट्री प्रविधि विकास गर्न दौडिरहेका छन् । जसले ईभीको भविष्य सही दिशामा अघि बढेको देखाउँछ ।
छिटो चार्जिङ, लामो रेन्ज र सुरक्षित कार्यसम्पादनका कारण पछिल्लो समय सोलिड–स्टेट ब्याट्रीको प्रयोग ब्यापक रुपमा बढ्न थालेको छ ।