stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

हुन्डाईले अर्को महिना सोलिड–स्टेट ब्याट्री सार्बजनिक गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  । हुन्डाईले अर्को महिना आफ्नो पहिलो सोलिड–स्टेट ब्याट्री सार्बजनिक गर्ने तयारी गरेको छ । सोलिड–स्टेट ब्याट्री हुन्डाईको एक ड्रिम प्रोजेक्ट रहेको र अव यसले अन्तिम रुप लिन लागेको जनाइएको छ ।

कम्पनीका अनुसार यस नयाँ ब्याट्रीलाई दक्षिण कोरियाको दक्षिणी ग्योन्गी प्रान्तमा हुण्डाईको नयाँ उइवाङ अनुसन्धान केन्द्रमा विकास गरिनेछ । सोलिड–स्टेट ब्याट्री जडित प्रोटोटाइप गाडी छिट्टै सार्वजनिक  गर्ने र  सन् २०३० सम्ममा ठूलो  मात्रामा  उत्पादन  सुरु गर्ने लक्ष्य हुन्डाई मोटर्सले राखेको छ ।

टोयोटा र होन्डाले समेत सोलिड–स्टेट ब्याट्री ल्याउन मेहनत गरिरहेका छन् भने चिनियाँ ब्याट्री स्टार्टअपहरू पनि दशकको अन्त्यसम्ममा ठूलो मात्रामा सोलिड–स्टेट प्याकहरू उत्पादन गर्न दौडिरहेका छन् ।

परम्परागत लिथियम–आयन ब्याट्रीहरूको तुलनामा निकै मजवुत मानिन सोलिड–स्टेट ब्याट्रीमा एनोड र क्याथोडको बीचमा आयनहरू सार्न तरल इलेक्ट्रोलाइट प्रयोग गरिएको हुन्छ । जसले पोलिमर, अक्साइड वा सल्फाइडहरूबाट बनेको ठोस इलेक्ट्रोलाइटको लागि तरललाई स्वैप गर्दछ ।

हुन्डाईको साथै निओ र होन्डा सहित अन्य धेरै अटो उत्पादकहरु यो नेक्स्ट–जेन ब्याट्री प्रविधि विकास गर्न दौडिरहेका छन् । जसले ईभीको भविष्य सही दिशामा अघि बढेको देखाउँछ ।

छिटो चार्जिङ, लामो रेन्ज र सुरक्षित कार्यसम्पादनका कारण पछिल्लो समय सोलिड–स्टेट ब्याट्रीको प्रयोग ब्यापक रुपमा बढ्न थालेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari