stcnepal long ad
himalayan life insurance long ad

नेपाल टेलिकमबाट भारत फोन गर्दा प्रति मिनेट ३ रूपैयाँ ७६ पैसा लाग्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमले सस्तो दरमा भारत कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरूमध्ये एक्सिस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी एक्सिस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट ३ रूपैयाँ ७६ पैसा कायम गरिएको हो।

यसका साथै एक्सिस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको पनि टेलिकमले जनाएको छ।