stcnepal long ad
ime life insurance
global ime bank long

महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेश अन्तर्गतका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

सोही अन्तर्गत महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एसइइ) पास गरी काठमाडौं उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहाने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विधार्थीहरुलाई कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको समन्वयमा आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यत्रमका बिच छात्रवृत्ति बराबरको रकम प्रदान गरिएको छ ।

यस किसिमको कार्यबाट पैसाको अभावबाट कुनै पनि विधार्थीहरुको उच्च शिक्षा हासिल गर्न चाहानामा गतिशिलता प्रदान गर्न केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

 

prabhu mahalaxmi
kumari