citizens life insurance long ad
stcnepal long ad

चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल ललितपुरको आयोजनामा शनिबार गोदावरी पञ्चदेवल पिकनिक स्पोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो।

राष्ट्रिय तेक्वान्दो संघ नेपाल ललितपुरको अध्यक्ष मास्टर बिमल कुमार आछामीको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा गोदावरी नगरपालिका वडा नं ३ का वडाध्यक्ष समाजसेवी तथा अभिनेता कलाकार राज घिमिरेको प्रमुख आतिथ्यता तथा महालक्ष्मी न.पा. वडा नं–१ का वडाअध्यक्ष छिरिङ लामा, समाजसेवी तथा नेपाल ब्रेकिङ्ग एन्ड डान्स स्पोट्र्स संघ(बागमती प्रदेश)का अध्यक्ष रबिन सिलवाल, इमाडोल युनिटी क्लबका अध्यक्ष गोपाल श्रेष्ठ, ललितपुर जिल्ला तेक्वान्दो कार्यसमितिकी कोषाध्यक्ष मन्दिरा खापुङ अधिकारी तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा ललितपुरका नव विहानी तेक्वान्दो डोजाङ, पिस प्वईन्ट तेक्वान्दो एकेडेमी, समता तेक्वान्दो डोजाङ,दिक्षान्त तेक्वान्दो डोजाङ, ए.भि.एस. तेक्वान्दो डोजाङ, डि,ए,भी. स्कूल, जेम्स स्कुल लगायत ९ वटा स्कुल डोजाङहरुबाट कूल २२५ खेलाडीहरुको सहभागीता रहेको थियो।

प्रतियोगितामा नव बिहानी तेक्वान्दो डोजाङ उत्कृष्ट बन्न सफल भएको थियो । बिजेता खेलाडीहरुले ट्रफी, मेडल, प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्फरहरु प्राप्त गरेका थिए।

प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय सदस्य एवं सिनियर प्रक्षिक्षक गौतममान मर्हजनले जुरीको महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए भने स्टार आर्ट नेपाल बालकुमारी ललितपुरका बालबालिकाहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

बि–बोईङ्ग डान्स र जिम्नास्टिकले उपस्थिति सम्पूर्ण अतिथि,अभिभावक, खेलाडीहरु एवं बाहिरी दर्शकहरूको ध्यान खिच्न सफल भएको थियो । यस्तै, निश्चला राईले नृत्य र तारा तिवारीले लौरो प्रदर्शन गरेका थिए ।

IME Life
kumari