sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

ल्यापटपमा लगाइएको अन्तःशुल्कबारे पुनर्विचार गर्न सरकारलाई क्यान महासंघको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेटमा ल्यापटपमाथि लगाइएको अन्तःशुल्कबारे पुनःविचार गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले सरकारलाई आग्रह गरेको छ ।

मंगलबार बसेको महासंघको बैठकले बजेट मार्फत ल्यापटपमा लगाएको ५ प्रतिशत अन्तःशुल्क करबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको हो ।

उक्त करले नेपालमा ल्यापटपको मूल्य अझ बढ्ने भन्दै यसबाट आइसीटी सहित विभिन्न क्षेत्रमा असर गर्ने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए ।

‘मानव स्वास्थ्यका लागि हानिकारक मानिने नेगेटिभ लिस्टमा रहेको वस्तुमा लगाउने अन्तःशुल्क ल्यापटप र नोटबुकमा लगाइएको छ,’ उनले भने, ’सूचना प्रविधिको विकासका लागि अपरिहार्य डिभाइसमै यसरी अन्तःशुल्क लगाइएकाले हामी सरकारको ध्यानाकर्षण गराउँछौं ।’

आगामी आवका लागि सरकारले सूचना प्रविधि क्षेत्र लक्षित राम्रा कार्यक्रम ल्याइरहँदा ल्यापटपमा अन्तःशुल्क बढाउनुले गलत सन्देश दिएको पोदारको भनाइ छ ।

उनले ल्यापटपको मूल्य एक लाख रुपैयाँ छ भने १३ हजार त भ्याट लाग्ने बताए । ‘अब ५ प्रतिशत अन्तः शुल्क लाग्ने भएपछि एक हजार १८ रुपैयाँ पुग्छ,’ अध्यक्ष पोदारलाई उदृत गर्दै क्यान महासंघको विज्ञप्तिमा भनिएको छ ।’

यसको मारमा सबैभन्दा बढी उपभोक्ता नै पर्ने क्यानको भनाइ छ । साथै यसले ल्यापटपको ग्रे मार्केटलाइ बढावा दिने भएकाले बजार अव्यवस्थित हुने उनको तर्क छ ।

सस्तोमा पाइने भएकाले ग्रे मार्केटमा ल्यापटप छ्यासछ्यास्ती पाइन थाल्ने र यसले गर्दा ग्रे मार्केट अझ फस्टाउने पोदारको दाबी छ ।

सरकारको उक्त कदमले आधिकारिक वितरकहरूलाई पनि दुरुत्साहित गरेकाले यसमा पुनःविचार गर्न जरुरी रहेको उनले बताएका छन् ।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारले पनि सरकारको यो कदमले शिक्षा, स्वास्थ्य, पर्यटन, अर्थ, आइटी, अस्पताल लगायत विभिन्न क्षेत्रमा प्रत्यक्ष असर पर्ने धारणा राखे ।

प्रविधिमैत्री समाज निर्माण गर्न ल्यापटपजस्ता अत्यावश्यक डिभाइस आयातमा प्रोत्साहनमूलक नीति हुन जरुरी रहेकोमा उनले जोड दिए ।

gold
prabhu bank
nawakantipur long