stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

टिकटकको निर्माता कम्पनी बाइटडान्सको मुनाफा बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

सामाजिक सञ्जाल टिकटकको निर्माता कम्पनी बाइटडान्सको मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको छ ।

चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सले अनलाइन प्रतिद्वन्द्वीहरू टेनसेन्ट र अलिबाबालाई पहिलोपटक पछाडि पारेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

१२ वर्षअघि बेइजिङमा स्थापना भएको बाइटडान्स विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनीमध्येको एकमा विकसित भएको छ ।

मार्केट इन्टेलिजेन्स फर्म सिपी इनसाइट्सको प्रतिवेदन अनुसार यो कम्पनीको मूल्य झण्डै दुई खर्ब २५ अर्ब डलर भएर विश्वको सबैभन्दा मूल्यवान् प्राविधिक कम्पनी बन्न सफल भएको हो ।

प्रतिवेदनमा ।कम्पनीको आम्दानी सन् २०२२ मा झण्डै २५ अर्ब डलरबाट बढेर ४० अर्ब डलरभन्दा धेरै पुगेको र विक्री पनि ८० अर्ब डलरबाट बढेर एक खर्ब २० अर्ब डलर भएको उल्लेख छ ।

कम्पनीले सन् २०१७ मा टिकटक शुरु गरेको थियो । चार वर्षमा यसले एक अर्ब प्रयोगकर्ताको आँकडा पार गरेको छ ।

prabhu mahalaxmi
kumari