stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वाणिज्य बैंकहरुको आठ महिनामा नाफा ४२ अर्ब बढी

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार फागुनसम्म बैंकहरुले उक्त रकम बराबरको आर्जन गरेका हुन्।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ४२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन्। हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४२ अर्ब ३० करोड मुनाफा आर्जन गरेका हुन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार फागुनसम्म बैंकहरुले उक्त रकम बराबरको आर्जन गरेका हुन्।

गत वर्षको सोही अवधिमा बैंकहरुले ४८ अर्ब ८३ करोड नाफा कमाएका थिए। गत वर्षको तुलनामा यस वर्षको नाफा १३ प्रतिशतले कम हो। नाफा आर्जन गर्ने नबिल बैंक पहिलो नम्बरमा  रहेको छ।

बैंकले फागुन ससान्तसम्ममा ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा सर्वाधिक आर्जन गर्नेमा दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले उक्त अवधिमा ३ अर्ब ४३ करोड नाफा कमाएको छ।

प्राइम कमार्सियल बैंकले २अर्ब ८८ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड, नेपाल इन्भेस्टमेन्ट मेगाले २ अर्ब ८० करोड, एनआइसी एसियाले २ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

एभरेष्ट र स्टान्डर्ड चार्टर्डले क्रमशः २ अर्ब २९ करोड र २ अर्ब ८ करोड नाफा आर्जन गरेका छन् । सबैभन्दा कम नेपाल एसबिआई बैंकले १ अर्ब ८ करोड नाफा आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari