stcnepal long ad
global ime bank long

चीनले सरकारी कम्युटरहरुमा अमेरिकी चिप प्रयोगमा प्रतिबन्ध लगायो

माइक्रोसफ्ट विन्डोज पनि खरिद नगर्न निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

चीनले सरकारी कम्प्युटर र सर्भरहरुबाट ‘इन्टेल’ र ‘एएमडी’ लगायत अमेरिकी माइक्रोप्रोसेसर चिपहरु क्रमिकरुपमा हटाउन निर्देशनहरु प्रस्तुत गरेको छ ।

आइतबार खरिद निर्देशन जारी गर्दै चीनले घरेलु चिप र सफ्टवेयर विकल्पहरुको पक्षमा माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम र विदेशी–निर्मित डाटाबेस सफ्टवेयरलाई पनि हटाउन खोजेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

शहरस्तर माथिका सरकारी एजेन्सीहरुलाई खरिद गर्दा सुरक्षित र भरपर्दो प्रोसेसर तथा अपरेटिङ सिस्टम चाहिने मापदण्डहरु समावेश गर्न भनिएको छ ।

यसअघि, डिसेम्बरको अन्त्यमा चीनको उद्योग मन्त्रालयले सुरक्षित र भरपर्दो मानिएका सीपीयू, अपरेटिङ सिस्टम र केन्द्रीकृत डाटाबेसको तीन अलग–अलग सूचीहरु सार्वजनिक गरेको थियो ।

ति सबै सीपीयू, अपरेटिङ सिस्टम र केन्द्रीकृत डाटाबेस चिनियाँ कम्पनीहरुबाट निर्मित रहेको रोयटर्स पनि पुष्टि गरेको छ ।पछिल्लो समय चीन र अमेरिकाबीच ‘चिप युद्ध’ चलिरहेको छ । अमेरिकाले उन्नत चिप प्रविधिमा चीनको पहुँच रोक्न विभिन्न प्रयासहरु गरिरहेको छ ।

अर्कोतर्फ, चीनले घरेलु चिप प्रविधिमा कम गरिरहेको छ । अमेरिकाले पनि घरेलु सेमिकन्डक्टर उत्पादनलाई बढावा दिने कमदहरु चालिरहेको छ भने बाइडेन प्रशासनले चिप उत्पादनमा ताइवान र चीनमा निर्भरता कम गर्ने लक्ष्यहरु राखेको छ

IME Lifesidebar
kumari