macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल टेलिकमको तुलनामा एनसेलको नेटवर्कमा मोबाइल डेटा प्रयोगकर्ता बढी

नेपाल टेलिकमभन्दा १० लाख बढीले चलाउँछन् एनसेलको फोरजी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल टेलिकमको तुलनामा एनसेलको नेटवर्कमा मोबाइल डेटा प्रयोगकर्ता बढी रहेको पाइएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पल्ट सार्वजनिक गरेको भीएलआर (भिजुअल लाइभ रेकर्ड) तथ्याङ्कले असोज महिनामा भ्वाइस सेवाका साथै डेटामा समेत टेलिकम पछि रहेको देखाएको हो ।

भीएलआर तथ्याङ्क अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या ६८ लाख ८५ हजार ६५२ रहेको छ भने टेलिकमको फोरजी सेवामा सक्रिय ग्राहकको सङ्ख्या ५८ लाख ४९ हजार ९२५ रहेको छ ।

जब कि टेलिकमले आफ्नो फोरजी सेवामा आधारित मोबाइल ब्रोडब्यान्डमा एक करोड ३५ लाख १४ हजार ६५७ ग्राहक रहेको उल्लेख गरेको छ ।

यस्तै थ्रीजी सेवामा पनि टेलिकम एनसेलभन्दा पछाडि छ । १८ लाख ३२ हजार ३२४ ग्राहकले एनसेलको थ्रीजी सेवा चलाइरहँदा टेलिकमको थ्रीजीमा १७ लाख दुई हजार ९४२ ग्राहक मात्र छन् ।

तर टेलिकमले आफ्नो थ्रीजी सेवामा ५९ लाख ४५ हजार ७७४ ग्राहक रहेको तथ्याङ्कमा उल्लेख गरेको छ । भोल्टेमा भने टेलिकम एनसेलभन्दा अघि छ ।

फोरजी भ्वाइस ओभर एलटीई प्रविधिमा आधारित उच्च गुणस्तरको भ्वाइस सेवामा टेलिकमका ग्राहक १३ लाख ७७ हजार ४०३ छन् भने एनसेलमा आठ लाख ८० हजार ६८ रहेका छन् ।

himalayan life insurance
igi long
NTA long ad