citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नबिल बैंकका पूर्वसीईओ बने फोनपेको अध्यक्ष, ढकालले दिए राजीनामा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन्। एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएसँगै जोशी नयाँ अध्यक्ष नियुक्त भएका हुन्। ढकालले राजीनामा दिएको बताउँदै सशिनले एफवान सफ्टलाई थप उचाइमा पुर्‍याउने बताए।

जोशी यसअघि जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजमा कार्यकारी निर्देशक रहेका थिए। ढकालले फोनपेको अध्यक्षबाट राजीनामा दिँदै जोशीसहित सीईओ दिवस सापकोटाले फोन पेलाई थप अघि बढाउने बताए।

जोशी २०१५ देखि २०१८ सम्म नबिल बैंकको सीईओ थिए। २००३ मा एनआईसी बैंकको सीईओ भएका जोशी एनआईसी र एसिया बैंकसँग मर्ज भएसँगै साढे २ वर्ष सीईओ भएका थिए।

उनको बैंकिङ करिअर स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सुरु भएको थियो। त्यहाँ उनले ३ वर्ष काम गरेका थिए।

ढकालले भने, ‘पछिल्लो साढे ४ वर्षमा नै हामीले फोन पेलाई नेपालको सबैभन्दा ठूलो रिटेल पेमेन्ट पूर्वाधारको रुपमा विकास गरेका छौँ।’

फोन पे नेपालको सबैभन्दा ठूलो मोबाइल पेमेन्ट नेटवर्क हो। नेपाल राष्ट्र बैंकले पेमेन्ट सिस्टम अपरेटरको रुपमा लाइसेन्स प्रदान गरेको छ।

फोन पेले बैंकको मध्यमबाट व्यक्तिबीचमा कारोबारसँगै व्यक्तिले कम्पनीबीच अनलाइनबाटै कारोबार गर्नसक्छ।

फोन पेका करिब १ करोड ८० लाख ग्राहक छन् भने १० लाख व्यवसायी छन्। नेपालमा साना कारोबार गर्न फोन पेको क्युआर कोड बढी प्रयोग हुने गरेको छ।

gold
himalayan life insurance long ad
kumari bank