sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तरलता खिच्ने

बिहीबार थप २० अर्ब खिच्न लागेको हो ।

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले पछिल्लो समय निक्षेप संकलन उपकरण बोलकबोलमार्फत पछिल्लो समय लगातार तरलता खिचिरहेको छ ।

बिहीबार १४ दिन अवधिको लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट अहिले पनि ७० अर्ब तरलता खिचेको छ । बिहीबार थप २० अर्ब खिच्न लागेको हो ।

बुधबार मात्रै १० अर्बको निक्षेप संकलन उपकरणको म्याद सकिएको छ । मंसिर लागेपछि मात्रै निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले एक खर्ब २५ अर्ब रुपैयाँ निक्षेप खिचिसकेको छ ।

gold
kumari bank
nawakantipur long