stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आयो बजारमा ‘फायर मून’–विन्टर वार्मर बियर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गोर्खा ब्रुअरीले यो जाडो मौसमका लागि नेपालको पहिलो विन्टर वार्मर बियर ‘फायर मून’ बजारमा ल्याएको छ। यो विन्टर वार्मर बियर नेपालको कठ्याङ्ग्रिने जाडोका लागि निकै नै उपयुक्त हुने दाबी गरिएको छ।

फायर मून एउटा विन्टर वार्मर क्राफ्ट बियर हो। जसमा बियर पिउँदा शरीरलाई न्यानो पार्न मद्दत गर्ने उत्कृष्ट बास्ना भएको मसलाहरुको स्वाद छ। हप्स, माल्ट र यिस्टबाहेक यस विन्टर वार्मर बियरमा ल्वाङ, सुकमेल, दालचिनी, अदुवाजस्ता शरीरलाई तातो बनाउने मसलाहरु संमिश्रण गरिएका छन्।

अन्य बियरहरुभन्दा यो विन्टर वार्मर बियरलाई सहजै पिउन सकिन्छ र यसको मजा चिसो नबनाई कोठाको तापक्रममा पनि लिन सकिन्छ। यसको रङ उत्कृष्ट छ र यो सुगन्धित मसलाहरुले भरिपूर्ण छ । यसले जाडो मौसममा न्यानो दिने काम गर्छ।

५ प्रतिशत अल्कोहलका साथ फायर मून ३३० मि।लि।मा प्रति बोतल रु. १८० मा उपलब्ध रहेको छ। विन्टर वार्मर बियर पुल–अफ क्यापको साथ आउँछ। जसले गर्दा उपभोक्ताले सजिलै बोतल खोलेर जहाँ पनि स्वाद र सुगन्धको अनुपम मिश्रण भएको स्पाइस्ड–अप बियरको मजा लिन सक्ने छन्।

prabhu mahalaxmi
kumari